बरहथवासहित जिल्लाका ६ स्थानमा यात्रु सहायता कक्षको स्थापना
सर्लाही प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाको बरहथवासहित ६ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।
यात्रुको सहजतालाई मध्यनजर गरी स्थापना गरिएको यात्रु सहायता कक्ष छठ्ठ पर्वसम्म रहने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख रजोस घिमिरेले जानकारी दिए । उनका अनुसार मलङ्गवा बसपार्क, नवलपुर बसपार्क, लालबन्दी ट्राफिक बिट, फूलजोर चोक, बरहथवा-५ हजरीया सडकखण्ड अन्तर्गत ट्राफिक बिटसंगै र ट्राफिक चेक पोष्ट कर्मैयामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको समयमा यात्रा गर्दा सवारीसाधनले लिने भाडा र शान्ति सुरक्षाका अन्य विषयमा कुनै गुनासो भए यात्रुले सहायता कक्षमा रहने सुरक्षाकर्मीसँग सहयोग लिन सक्ने छन् । चाडपर्वको समयमा यात्रुको ओहोरदोहोर निकै बाक्लिने भएकाले उनीहरुलाई भाडा र सुरक्षाका सम्वन्धमा कुनै पनि प्रकारको समस्या पर्न नदिन यात्रु यहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी निरीक्षक घिमिरेले बताए ।
यात्रु सहायता कक्षको आज बिहान सदरमुकाम मलङ्गवामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले औपचारिक रूपमा उद्घाटन गरे । प्रमुख जिल्ला अधिकारी अधिकारीले यो वर्ष चाडपर्वकै मुखमा बाढी, पहिरो र डुबानले जताततै सडक खराब भएकाले सावधानीपूर्वक सवारी साधन सञ्चालन गर्न र यात्रुले पनि सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले चाडपर्वमा ओहोरदोहोर गर्ने यात्रुसँगै अन्य सर्वसाधारणको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताए ।
भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला




प्रतिकृया दिनुहोस