बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीको बसबरिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार र मंगलबार गरी दुई दिनसम्म गोष्ठी सञ्चालन भएको हो।
गोष्ठीमा गाउँपालिकाअन्तर्गतका ६ वटै वडाका स्वास्थ्य चौकी प्रमुखहरूले गत आर्थिक वर्षमा आफ्नो वडामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह तथा प्रगतिको विवरण प्रस्तुत गरेका थिए।
प्रस्तुत विवरणका आधारमा स्वास्थ्य चौकीहरूको कार्यसम्पादन मूल्यांकन गरिएको थियो। मूल्यांकनमा सहोडवा स्वास्थ्य चौकी प्रथम, मानपुर स्वास्थ्य चौकी द्वितीय र धनगढा स्वास्थ्य चौकी तृतीय भएका छन्। उत्कृष्ट कार्यसम्पादन गर्ने तीनवटै स्वास्थ्य चौकीका प्रमुखलाई गाउँपालिका अध्यक्ष रामसिंहासन रायले कदरपत्र प्रदान गरेका छन्।
गोष्ठीको समापन कार्यक्रममा अध्यक्ष रायले गाउँपालिकाभित्र स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य चौकी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। उनले उत्कृष्ट कार्यसम्पादन गर्दै जिम्मेवारी पूरा गर्ने स्वास्थ्यकर्मी तथा जुनसुकै परिस्थितिमा पनि समुदायमा स्वास्थ्य सेवा पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद व्यक्त गरे।
गोष्ठीमा गत आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको उपलब्धि, चुनौती तथा आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।
भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला




प्रतिकृया दिनुहोस