सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
सर्लाहीको बरहथवा नगरपालिकाभित्र रहेको सोती खोला संरक्षण, अतिक्रमण नियन्त्रण तथा प्राकृतिक बहाव कायम गर्न माग गर्दै स्थानीयले विभिन्न कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
स्थानीय युवाहरूको पहलमा शुक्रबार बरहथवा नगरपालिका, इलाका प्रहरी कार्यालय बरहथवा, इलाका प्रशासन कार्यालय बरहथवा, मालपोत कार्यालय बरहथवा, नापी कार्यालय बरहथवा तथा बागमती सिँचाइ आयोजनाको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।
सोती खोलाको प्राकृतिक स्वरूप र जलनिकास क्षेत्र संरक्षण गर्नुपर्ने भन्दै खोलाको यथार्थ नापजाँच तथा सीमा निर्धारण गर्न स्थानीयले माग गरेका छन्। खोलाको वास्तविक लम्बाइ, चौडाइ, क्षेत्रफल, प्राकृतिक बहाव क्षेत्र, कित्ता नम्बर तथा सम्बन्धित सार्वजनिक/सरकारी जग्गाको विवरण यकिन गरी सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।
ज्ञापनपत्रमा नापी कार्यालयबाट प्राप्त आधिकारिक नक्सा, फिल्डबुक, कित्ताकाटसम्बन्धी अभिलेख तथा अन्य सरकारी कागजात अध्ययन गरी सोती खोलाको वास्तविक सीमा र प्राकृतिक बहाव क्षेत्र निर्धारण गर्नुपर्ने उल्लेख छ। त्यस्तै, सार्वजनिक तथा सरकारी जग्गामा भएको सम्भावित अतिक्रमण तत्काल नियन्त्रण गरी कानुनबमोजिम संरक्षण गर्नुपर्ने, प्राकृतिक मुहान तथा पानी आउने स्रोत पहिचान गरी अवरुद्ध भएको बहाव क्षेत्र पुनर्स्थापना गर्नुपर्ने माग गरिएको छ।
स्थानीयले सोती खोलाको जलप्रवाह, वातावरणीय अवस्था, भूगोल, जलनिकास तथा सम्भावित जोखिमको वैज्ञानिक अध्ययन गरी दीर्घकालीन संरक्षण तथा व्यवस्थापन योजना बनाउनसमेत आग्रह गरेका छन्। खोलाको नियमित सरसफाइ, फोहोर तथा प्रदूषण नियन्त्रण र हरियाली प्रवर्द्धन गर्नुपर्ने मागसमेत गरिएको छ।
यसैगरी, खोलाभित्र पानीको मुहान थुन्ने गरी गेबियन (जालीमा ढुंगा भर्ने काम) बन्द गर्नसमेत माग गरिएको छ । माग सम्बोधन नभए बरहथवा नगरपालिकावासीबाट हस्ताक्षर संकलन गरी विरोधका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको स्थानीय संजय जसवालले जानकारी दिए। ।
भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला




प्रतिकृया दिनुहोस