चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला

सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवाबाट चार दिनदेखि बेपत्ता भएकी १० वर्षीया बालिका चाँदकुमारी यादव मृत अवस्थामा फेला परेकी छन्।

 

धनकौल गाउँपालिका–३ हरकठवाका रामबिनय यादवकी छोरी चाँदकुमारी गत आइतबारदेखि बेपत्ता भएकी थिइन्। उनको खोजीमा इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपिकृष्ण सुवेदीसहितको प्रहरी टोली परिचालित थियो।

 

चार दिनपछि बुधबार साझ करिब साढे ४ बजे धनकौल गाउँपालिका–४ स्थित मनुषमारा खोलामा प्रहरी टोली र आफन्तले बालिकालाई मृत अवस्थामा फेला पारेका हुन्।

 

परिवार स्रोतका अनुसार बालिकाको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको छ।

 

बालिका खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने परिवारले आशंका गरेको छ। यद्यपि, मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट तथा प्रहरी अनुसन्धानपछि मात्रै पुष्टि हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस
↑