सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट

सर्लाहीको धनकौल गाउँपालिका–४ महिनाथपुरबाट प्रहरीले करिब ३० हजार रुपैयाँ मूल्यबराबरका प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरेको छ।

 

इलाका प्रहरी कार्यालय हरकठवाबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार राति करिब साढे ११ बजे महिनाथपुरस्थित भित्री सडक खण्डबाट उक्त पटाका बरामद गरेको थियो ।

 

बरामद गरिएका पटाका इलाका प्रहरी कार्यालय हरकठवाले इलाका प्रहरी कार्यालय बरहथवालाई बुझाएको थियो। त्यसपछि सोमबार साँझ बरहथवा प्रहरी कार्यालय परिसरमा खाल्डो खनेर ती प्रतिबन्धित पटाका नष्ट गरिएको हो।

 

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रतिबन्धित पटाकाको प्रयोग, ओसारपसार तथा बिक्री वितरण नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ।

प्रतिकृया दिनुहोस
↑