कविलासी जिल्लाकै असफल नगरपालिका : पुर्व मेयर यादव
सर्लाहीको कविलासी नगरपालिका जिल्लाकै असफल नगरपालिका रहेको त्यहाका पुर्व मेयर कौशल किशोर यादवले दाबी गरेका छन् । शुक्रबार मलंगवा स्थित जानकी पार्टी प्यालेशमा कविलासी नगरपालिकाको काम कारवाही तथा बेथितिको विषयमा पत्रकार सम्मेलन गरि उनले यस्तो भनेका हुन् ।
नगरपालिकाले अढाई वर्षमा गरेका कामको उपलब्धि गत बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । मेयर ब्रहमदेव रायले आफूहरु निर्वाचित भएर आएपछि सडक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा गरेको प्रगतिको विवरण सार्वजनिक गरेका थिए । उनले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने, बर्थिङ सेन्टर निर्माण, विभिन्न भित्री सडकको कालोपत्रे तथा ढलान, आवश्यक कर्मचारी नियुक्तिलगायतको महत्वपूर्ण र उपलब्धीमूलक काम भएको दावी गरेका थिए ।
नगरपालिकाले सार्वजनिक गरेको प्रगतिको विवरणलाई खण्डन गर्दै पुर्व मेयर यादवले विवरणमा देखिएका प्रगतिको मात्र दश प्रतिशत काम नगरपालिकाले गरेको दाबी गरे । उनले भने, `मेयर ब्रमदेव यादवले पुर्व रक्षामन्त्री हरि उप्रेती र मधेश प्रदेश सरकारका पुर्व अर्थमन्त्री संजय यादवको पहलमा भएको विकास निर्माणका कामलाई पनि आफुले गरेको बताउनुका साथै आफ्नै कार्यकालको बहुवर्षीय योजनालाई पनि आफुले गरेको भन्नु कति लाजमर्दो कुरा हो।´
पुर्व मेयर यादवले आफ्नो कार्यकालमा नियुक्त भएका दक्ष कर्मचारीहरूलाई हटाएर वर्तमान मेयरले राम्रा भन्दा पनि आफ्ना कर्मचारीहरू नियुक्त गरेपछि पालिकामा बेतिथी बढेको बताए । कविलासी नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लाको २० स्थानीय तहमध्ये सबैभन्दा अन्तिम अर्थात सबैभन्दा पछाडि रहेको बताउदै पुर्व मेयर यादवले अहिलेको मेयर असफल भइसकेको पनि उनले आरोप लगाए ।
कविलासी नगरपालिकाको बेथितिको विरुद्धमा प्रमुख प्रतिपक्षीको रुपमा आफू समयसमयमा खबरदारी गर्ने गरेको पुर्व मेयर यादवले बताए।
भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला




प्रतिकृया दिनुहोस