विकट गाउँका दुई होनहार चेली
सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १४ र १५ मा पर्ने हरपुर्वा गाउँ नगरपालिकाकै विकट गाउँको रुपमा चिनिन्छ । जहाँका दुई चेलीले सिङ्गो गाउँकै नाम रोशन गरेका छन् ।
माथिको फोटोमा देखिएकी यी दुई चेली बरहथवा नगरपालिका-१५ हरपुर्वाका बजरंग यादवकि सुपुत्री ममता कुमारी यादव र सोही गाउँका महन्त यादवकि सुपुत्री अञ्जली कुमारी यादव हुन् । ममता गाउँकै सामुदायिक बिधालयमा कक्षा १० मा पढ्छिन् भने अञ्जली वडा नं.१० मा पर्ने महेन्द्र रत्न जगरनाथ लक्षमिनिया उच्च मावि सितापुरमा कक्षा १० मा नै पढ्छिन् । ममता आफ्नो कक्षामा प्रथम छिन् भने अञ्जली दोस्रो छिन् ।
बुधबार बरहथवा नगरपालिका शिक्षा शाखाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजना गरेको नगरपालिका स्तरीय वक्तित्वकला प्रतियोगितामा नाम चलेका ठुलठुला विद्यालयलाई पछी पार्दै ममता प्रथम भइन् भने अञ्जली तृतीय । ममताले आफ्नो गाउँकै सामुदायिक बिधालयबाट प्रतिनिधित्व गरेकी थिइन् भने अञ्जली आफू अध्यनरत सितापुर बिधालयबाट ।
शिक्षा शाखा प्रमुख अनिल साहले अभिभावकहरुको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउने, अभिव्यक्तिगत क्षमतालाई बढाउन दिन, नानी बाबुमा आफूभित्र रहेको आत्मविश्वासलाई बढाउन दिन तथा कुनै पनि विषयमा दिएको सीमित समय-अवधिमा केन्द्रित भई बोल्न सक्ने बनाउने लगायतका उद्देश्यका साथ प्रतियोगिता गरिएको बताए।
उनका अनुसार प्रतियोगितामा नगरपालिका भित्रका १६ वटा बिधालयका (एकजना छात्र र एकजना छात्रा) दुईदुइ जना गरि ३२ जना बिद्यार्थी भाग लिएका थिए । प्रतियोगितामा दोस्रो स्थान भने मुनलाइट सेकेन्डरी स्कुलका आदित्य कुमार महतोले प्राप्त गरेका थिए ।
प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गरेका बिद्यार्थीहरुलाई बिहिवार (आज) नगरपालिकाकि नगर प्रमुख कल्पना कुमारी कटुवालले पुरस्कार र प्रमाणपत्र प्रदान गरेकी छन् । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कटुवालले विकट वडाको बिधालयका बिद्यार्थीको प्रस्तुतिले शिक्षा क्षेत्रको अवस्था सुधारजनक रहेको बताइन् ।
भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला




प्रतिकृया दिनुहोस