चन्द्रनगरका अध्यक्ष महतोले गरे जिल्लाका नवनिर्वाचित पत्रकारलाई सम्मान
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित पत्रकारलाई सम्मान गरेका छन् । अध्यक्ष महतोले आफ्नो निजी निवासमा आइतबार बिहान नवनिर्वाचित जिल्ला पदाधिकारी तथा सदस्य, प्रदेश पारिषद सदस्य र केन्द्रीय परिषद सदस्यलाई फूलमाला र अबिर लगाएर सम्मान गरेका हुन् ।
बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले देश र जनताको हकहितको पक्षमा सर्लाहीको पत्रकारिताले प्रमुख भुमिका निर्वाह गरोस् भनी शुभकामना व्यक्त गरे ।
शुक्रबार सम्पन्न नेपाल पत्रकार महासंघको २७औं अधिवेशनको निर्वाचनमा जिल्ला अध्यक्षमा ओमप्रकाश ठाकुर, उपाध्यक्षमा मुकेश झा, महिला उपाध्यक्षमा बन्दना झा, कोषाध्यक्षमा घनश्याम सिंह, सचीवमा सोम दियाली, केन्द्रिय परिषद् सदस्यमा सत्यप्रकाश यादव निर्वाचित भएका थिए ।
त्यस्तै, खुला सह–सचिवमा जनार्जन खत्री, समावेशी सह–सचिवमा लक्ष्मण राय यादव, जिल्ला सदस्य (खुल्ला) तर्फ अमलेश शर्मा र राधेश्याम कुशवाहा, आदिवासी जनजाति सदस्यमा रीना आले, मधेशी सदस्यमा निरज कुमार यादव, दलित सदस्यमा बुद्धबहादुर विश्वकर्मा (दीपक), महिला सदस्यमा मनिषा कुमारी कुशवाहा र अन्य समावेशी सदस्यमा बच्चेलाल पण्डित, केन्द्रीय परिषद् सदस्य महिलामा पुस्तिका केसी र प्रदेश परिषद् सदस्यमा प्रकाश मैनाली निर्विरोध भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित जिल्ला अध्यक्ष ठाकुरले बधाई र सम्मान प्रदान गर्ने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोलाई सम्पुर्ण पदाधिकारीको तर्फबाट धन्यवाद ब्यक्त गरे ।
भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला




प्रतिकृया दिनुहोस