जन्मदिन मनाउने शैलीमा परिवर्तन, पत्रकार झाले वृद्धाश्रममा पुगेर छोरीको जन्मदिन मनाए

पछिल्लो समय जन्मदिन मनाउने शैलीमा परिवर्तन आउन थालेको छ । बालवालिकादेखि यूवाहरुले दिन दुःखीसँग पुगेर आफ्नो जन्मदिनको खुसी बाढ्ने गरेका छन् । फजुल खर्च भन्दा दुःखी पीडितलाइ सहयोग गर्नतर्फ धेरैको चासो बढेको छ ।

 

सर्लाहीको हरिपुर्वा नगरपालिका वार्ड नम्बर २ स्थायी घर भएका पत्रकार मुकेश झाले आज विहान लालबन्दी २ स्थित पद्म भुवनेश्वरी नमूना वृद्धाआश्रममा आफ्नी छोरीको जन्मदिन मनाएका छन् । उनले जन्मदिनको अवसरमा आश्रममा आश्रित वृद्धवृद्धाहरूलाई मिष्ठान्न भोजन गराएका हुन् ।

पत्रकार झाकी छोरी सन्ध्या ९ वर्ष पूरा भई १०औं वर्षमा प्रवेश गरेको शुभअवसरमा आफ्नी आमा, श्रीमती र छोरीलाई सँगै लिएर आश्रम पुगेका पत्रकार झाले आश्रममै केक काटेर छोरीको जन्मदिनको खुशियाली साटासाट गरेका हुन् ।

 

फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा खर्च गर्ने उदेश्यले छोरीको जन्मदिन मनाउन आश्रममा पुगेर खाद्यान्न सामग्री प्रदान गरिएको पत्रकार झाको भनाइ छ । जन्मदिन लगायत विभिन्न अवसरमा गरिने खर्चलाइ सामाजिक क्षेत्रमा उपयोग गरेमा समाजप्रतिको उत्तरदायित्व पुरा हुने उनको भनाई छ ।

 

पद्म भुवनेश्वरी नमूना वृद्धाआश्रममा ४० जनाभन्दा बढी वृद्धवृद्धा बसोबास गर्दै आएका छन् । वृद्धाश्रममा पुगेर जन्मदिन मनाउँदा आश्रममा रहेका आमा–बुबाले पत्रकार झा दम्पति र उनकी छोरीलाई आर्शिवाद दिदैं सामाजिक कर्ममा सदैव मन जाहोस् भन्दै शुभकामना दिएका दिए ।

प्रतिकृया दिनुहोस
↑