उपाध्यक्ष बन्दना झाको समन्वयमा दुई दिने पत्रकारिता तालिम सुरु

नेपाल पत्रकार महासंघ सर्लाही शाखाकी उपाध्यक्ष बन्दना झाको पहलमा सदरमुकाम मलंगवामा आजबाट दुई दिने पत्रकारिता तालिम सुरु गरिएको छ ।

 

तालिम तराई मधेस कानुन विधार्थी समाजको संयोजन तथा कविलासी नगरपालिकाको आयोजनामा सुरु भएको दुई दिने तालिमलाई पत्रकार मनोज कुमार यादव र रामबाबु खडकाले सहजीकरण गर्नेछन्।

 

तालिममा कविलासी नगरपालिकाका २५ जना विद्यार्थीलाई सहभागी गराइएको छ । मलंगवास्थित महेन्द्र होटलमा दुई दिनसम्म सञ्चालन हुने उक्त आधारभूत पत्रकारिता तालिमले विद्यार्थीहरूलाई पत्रकारिताको प्रारम्भिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

 

कार्यक्रमको अध्यक्षता पत्रकार बन्दना झाले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा कविलासी नगरपालिकाकी नगर उप-प्रमुख पुनम कर्ण थिइन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नेपाली कांग्रेस नेता विनय कर्ण, सशस्त्र प्रहरी बलका प्रमुख देव बहादुर चन्द, जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राई, पहिचान नेपालका जिल्ला परियोजना संयोजक अब्दुल सहमद (नगमा) लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस
↑