सर्लाहीमा भारततर्फ लैजाँदै गरेको दुई पिकअपबाट ठूलो परिमाणमा सौफी रक्सी बरामद

सर्लाहीको दक्षिणी–पश्चिमी सीमाक्षेत्र बलरा नाकाबाट भारततर्फ जाँदै गरेको दुई वटा पिकअप भ्यानबाट ठूलो परिमाणमा सौफी रक्सी बरामद गरिएको छ।

बरामद गरिएका दुवै सवारीसाधन हाल इलाका प्रहरी कार्यालय डुमरियाको नियन्त्रणमा रहेका छन्।

बरामद गरिएको रक्सीको परिमाण, सवारीसाधनका चालक तथा घटनासम्बन्धी अन्य विवरण भने आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गडहीयाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑