चक्कु प्रहार घटनामा राजनीतिक दबाबको आरोप, काङ्ग्रेस सर्लाहीद्वारा निष्पक्ष छानबिनको माग
नेपाली कांग्रेस सर्लाही जिल्ला कार्य समितिले चक्कु प्रहार घटनामा राजनीतिक दबाबका आधारमा मुद्दा अगाडि बढाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ। जिल्ला कार्य समितिले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार करिब एक वर्षअघि भएको घटनालाई लिएर हालै निर्वाचित जनप्रतिनिधिको दबाबमा परेर प्रहरी प्रशासनले अनुसन्धान प्रक्रिया अघि बढाएको आरोप लगाइएको छ। घटनासम्बन्धी यथार्थ अनुसन्धान नगरी पूर्वाग्रही ढंगले कागजात तयार गरी निर्दोष व्यक्तिलाई फसाउन खोजिएको दाबी गरिएको छ।
नेपाली कांग्रेस सर्लाहीले उक्त घटनालाई “निन्दनीय” भन्दै सत्य तथ्य छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न माग गरेको छ। साथै दोषी पहिचान गरी कानूनी दायरामा ल्याउन र निर्दोषलाई न्याय दिन सरकारसमक्ष जोडदार आग्रह गरिएको छ। यदि यथाशीघ्र निष्पक्ष छानबिन समिति गठन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ।

भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला




प्रतिकृया दिनुहोस