जेन्जी आन्दोलनका क्रममा रौतहटको कारागारबाट फरार कैदी सर्लाहीबाट पक्राउ
जेन्जी आन्दोलनका क्रममा रौतहटको कारागारबाट फरार भएका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय केशरगंजका अनुसार सोमबार दिउँसो करिब १ बजे जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका कैदी दिपेश साह सोनार उर्फ शेरु साहलाई पक्राउ गरिएको हो।
रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका–५, वडहर्वा टोल निवासी २९ वर्षीय सोनार जिल्ला कारागार कार्यालय रौतहटमा कैद भुक्तान गरिरहेका थिए। उनले हालसम्म ३ वर्ष ९ महिना सजाय भुक्तान गरिसकेका थिए। उनी जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए।
फरार भएपछि लामो समयदेखि लुकीछिपी बस्दै आएका उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलबास क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा खटिएको टोलीले उनलाई इलाका प्रहरी कार्यालय केशरगंजबाट करिब १ किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सोनारलाई आवश्यक कारबाहीका लागि पुनः जिल्ला कारागार कार्यालय रौतहट पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राइले बताए ।
भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला




प्रतिकृया दिनुहोस