ओलीको रिहाइको माग गर्दै मलंगवामा पनि एमालेको प्रदर्शन

पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले सर्लाहीले पनि आइतबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ ।

 

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा शनिबार बिहान अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

पार्टी अध्यक्ष पक्राउको विरोधमा एमाले सडकमा उत्रिएको छ । सोही कार्यक्रम अन्तर्गत मलंगवामा पनि एमालेले प्रदर्शन गर्दै ओलीलाई तत्काल रिहाएको माग गरेको हो ।

प्रतिकृया दिनुहोस
↑