सोनाम ल्होछारको अवसरमा ‘भरत ताल’ मा वृहद् साँस्कृति कार्यक्रम गरिँदै
नेपाल तामाङ घेदुङ बागमती नगर कार्यसमितिले सोनाम ल्होछारको अवसरमा बागमती माछा पोखरी ‘भरत ताल’ मा वृहद् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
तामाङ समुदायले आगामी माघ ५ गते सर्प वर्गलाई विदाई गर्दै घोडा वर्गको स्वागत स्वरुप नयाँ साल अर्थात सोनाम ल्होछार पर्व मनाउँदैछन् । बुधबार दिउँसो आदर्श चोकस्थित सिता प्यालेस होटलमा आयोजित पत्रकार सम्मेलनमा माघ ६ गते सोनाम ल्होछारको अवसरमा वृहद् साँस्कृतिक कार्यक्रम गरिने आयोजकले बताएका हुन् ।
‘५ गते घर–घरमा उल्लासका साथ पर्व मनाइने हुँदा ६ गते कार्यक्रम राखिएको हो’, समितिका अध्यक्ष रोशन लामाले भने, ‘विगत ४ वर्षदेखि ल्होछारको अवसरमा निरन्तर कार्यक्रम गर्दै आइरहेका छौं ।’ विगत वर्षहरु भन्दा यसपटक तामाङ समुदायको भाषा, लिपि, भेषभुषा, संस्कार संस्कृति, परिकारहरु समेत प्रदर्शन गरिने आयोजकले बताएका छन् ।
१ दिने कार्यक्रम बिहान १० बजेदेखि राती १० बजेसम्म सञ्चालन हुने अध्यक्ष तामाङले जानकारी दिए । आयोजकका अनुसार कार्यक्रममा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरू फुल कुमार बोम्जन, विशाल काल्तान, सुमिना लो, रेश्मा बम्जन, उर्गेन दोङ, मोडलहरू रिया लामा, याङ्गी दोङ लगायतको प्रस्तुती रहने छ ।
स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने कार्यक्रममा डम्फु बजाउने, सेलो लगायतको समेत प्रस्तुती राखिएको अध्यक्ष तामाङले बताए । ११ लाख १५ हजार लागत अनुमान गरिएको कार्यक्रम सम्पन्न गर्नका लागि संजय भ्लोनको संयोजकत्वमा तयारी समिति समेत गठन गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न पालिकासहित तामाङ समुदायबाट आर्थिक सहयोग सङ्कलन गरिने अध्यक्ष तामाङले जानकारी दिए । पत्रकार सम्मेलनको सञ्चालन नेपाल तामाङ घेदुङ बागमती नगर समिति सचिव एवं संचारकर्मी चन्द्र बहादुर जिम्बाले गरेका थिए ।
भर्खरै
सर्लाहीमा ३० हजार रुपैयाँका प्रतिबन्धित पटाका बरामद गरी नष्ट
बरहथवा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुल बसलाई नगरपालिकाले कारबाही गर्ने
बसबरियामा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, सहोडवा स्वास्थ्य चौकी प्रथम
सर्लाहीका १४ स्थानीय तहको खाता अझै संचालनमा आएन
सोती खोलाको अस्तित्व जोगाउन स्थानीयको पहल, विभिन्न कार्यालयमा बुझाए ज्ञापनपत्र
चार दिनदेखि बेपत्ता हरकठवाकी १० वर्षीया बालिका मनुषमारा खोलामा मृत फेला

प्रतिकृया दिनुहोस