संविधान दिवसको अवसरमा सरसफाइ र शुभकामना आदानप्रदान

सर्लाहीको बरहथवा नगरपालिकामा संविधान दिवसदिवसको अवसरमा सरसफाइ र शुभकामना आदानप्रदान गरिएको छ ।

 

बरहथवा नगरपालिकाको आयोजना तथा डाइनामीक ग्रुप वेस्ट सोल्युसन प्रालि बागमती र सहयोगी समाज नेपालको साझेदारीमा बिहिवार बिहान बरहथवा बजारको सरसफाइ गरिएको हो ।

 

त्यस्तै, कार्यक्रममा बरहथवा नगरपालिकाको नवौं नगरपालिका दिवसको अवसरमा बुधबार आयोजना गरिएको नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका बिद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको हो ।

नगर प्रमुख कल्पना कुमारी कटुवालको अध्यक्षतामा आयोजित कार्यक्रममा उप-प्रमुख रामबाबु प्रसाद साह, पुर्व नगर उप-प्रमुख सीता देवी माझी, प्रमुख प्रशासकीय अधिकृत रिद्धीप्रकाश सिटौला, स्वास्थ्य शाखा प्रमुख सत्यनारायण यादव, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न पार्टीका पार्टी प्रतिनिधि, विभिन्न बिधालयका शिक्षक, बिद्यार्थी, बरहथवा युवा संजालका सदस्यलगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस
↑